काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
महाधिवेशनस्थल भृकुटीमण्डपमा पोखरेलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । त्यसो त पोखरेलले आफू पक्षको टिम नै खडा गरेका छन् ।
यता एमालेको अध्यक्षमा हालका अध्यक्ष केपी शर्मा ओली नै लड्दैछन् ।
ओली र पोखरेलबिच टक्कर पर्ने देखिएको छ ।
शनिबार उद्घाटन भएको महाधिवेशनको मतदान पुस १ गते मंगलबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया