राजेन्द्र गौतम उपमहासचिवमा स्वतन्त्र उठ्ने, भने– ‘फारम हातमा छ, ब्याक हुन्न’

लोकपथ
693
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११औँ महाधिवेशनमा आफू स्वतन्त्र तबरले उम्मेदवारी दिने तयारी गरेका छन् ।

एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता गौतम अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । तर पदाधिकारी टिम खडा गर्दा आफू नपरेपछि गौतमले असन्तुष्टि समेत जनाएका छन् ।

‘मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिए । तर जस्तो नामहरु प्रचारमा आयो, अब म उपमहासचिव उम्मेद्वार बन्छु,’ गौतमले पत्रकारहरुसँग कुरा गर्दै भने ।

त्यस्तै आफू उपमहासचिवको फारम भरेर बसेको बताउँदै ब्याक नहुने समेत बताए ।

‘फारम भरेर हातमा पैसा लिएर बसेको छु, अब मेरो उम्मेदवारी फिर्ता हुँदैन’, गौतमले भने ।

नेकपा एमालेको ११औँ महाधिवेशनका लागि आज साढे ३ बजेसम्मका लागि मनोनयन गर्ने समय तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?