काठमाडौं । एमालेको ११औँ महाधिवेशनबाट पनि अध्यक्ष बन्ने कसरतमा रहेका केपी शर्मा ओली समूहबाट सचिवमा अघि सारिएका लेखराज भट्टले सो पदमा नलड्ने बताएपछि उनलाई उपमहासचिवको उम्मेदवारको रूपमा अघि सारिएको छ । यसअघि उपमहासचिवमा अघि सारिएका भानुभक्त ढकाललाई भने सचिवको उम्मेदवार बनाइएको छ ।
ओली पक्षको सूचीमा आफ्नो नाम सचिवमै देखेपछि भट्टले आफू एकपटक सचिव बनिसकेकाले पुनः सोही पदमा नदोहोरिने बताएका थिए । ‘म सचिवमा लड्दै लड्दिनँ, म पहिलेकै सचिव हो, मलाई अरू कुरा थाहा छैन,’ उनले भनेका थिए । भट्ट पार्टीको १०औँ महाधिवेशनबाट सचिव बनेका थिए ।
भट्टले ओली पक्षबाटै आफू अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको जानकारी दिए । ‘म अब उपमहासचिव पदको उम्मेदवारी दिन्छु,’ उनले भने ।
यसअघि पदाधिकारीमै नरहेका भानुभक्त ढकाललाई ओली टिमबाट उपमहासचिवमा अघि सारेपछि असन्तुष्टि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया