भृकुटीमण्डपमा झाँक्रीलाई प्रश्न– ‘नेता कार्यकर्तासँग कतिको घुलमिल हुनुहुन्छ ?’

लोकपथ
203
Shares

काठमाडौं । महाधिवेशनको पूर्वसन्ध्यामा एमालेमा फर्किएकी रामकुमारी झाँक्री कार्यकर्ता रिझाउन व्यस्त छिन् ।

शनिबारबाट सुरु भएको महाधिवेशन अन्तर्गत आइतबारबाट सुरु भएको बन्दसत्र भृकुटीमण्डपमा चलिरहेको छ । झाँक्री आइतबार र सोमबार भृकुटीमण्डपमा देशभरबाट आएका प्रतिनिधिहरु भेटघाटमा व्यस्त रहेकी छिन् ।

लामो समय एमालेमा रहेर केही वर्ष पार्टी बाहिर रही महाधिवेशनको मुखमा पार्टीमा फर्किएकी झाँक्री महाधिवेशनस्थल भृकुटीमण्डपमा पत्रकारको आकर्षणको केन्द्र बनिरहेकी छन् ।

सोमबार महाधिवेशनस्थल भृकुटीमण्डपमा भेटिएकी झाँक्रीलाई पत्रकारहरुले नेता कार्यकर्ताहरुसँग कतिको घुलमिल हुनुभएको छ ? भन्ने लगायतका प्रश्न गरेका थिए ।

‘नेता कार्यकर्तासँग कसरी घुलमिल हुनुभएको छ ?,’ सञ्चारकर्मीहरुले प्रश्न गरेकी थिइन्, ‘मैले पहिले गल्ती गरेँ, अब फेरि पार्टीमा फर्किएको छु, तपाईंहरुले मलाई साथ दिनुस् भनेर कसरी प्रतिनिधि रिझाउँदै हुनुहुन्छ ?’
पत्रकारहरुले आफूमाथि निरन्तर सोही प्रश्न गर्ने गरेको बताउँदै झाँक्रीले हास्दै भनिन्, ‘मैले भन्ने कुरा जम्मै तपाईंले सिकाइदिनुभयो, अस्तिदेखि त्यही भनिरहेकी छु ।’

नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?