बिन्दा पाण्डेले गरिन् उपाध्यक्षमा उम्मेदवारी दर्ता, अष्टलक्ष्मी शाक्यको प्रस्ताव

लोकपथ
441
Shares

काठमाडौं । नेकपा एमालेकी स्थायी कमिटी सदस्य रहेकी बिन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।

पाण्डेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।

सोमबार महाधिवेशनको तेस्रो दिन पाण्डेले वर्तमान उपाध्यक्ष अष्टलक्ष्मी शाक्य प्रस्तावक र महेन्द्रप्रसाद श्रेष्ठको समर्थनमा उपाध्यक्षमा उम्मेदवारी दिन लागेकी हुन् ।

शनिबार उद्घाटन भएको एमाले महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

भावी नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली नै चुनावी मैदानमा छन् भने अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष पोखरेल मैदानमा उत्रिएका छन् । त्यस्तै पोखरेलको समूहबाट अन्य पदाधिकारीको नाम समेत टुंगो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?