काभ्रेपलान्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतमा रहेका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।चोरी आरोपमा हिरासतमा रहेका रोशी गाउँपालिका–१२ का २१ वर्षीय दूतराज तामाङ शौचालयमा मृत भेटिएका हुन् ।
उनी सोमबार राति ३ बजे इलाका प्रहरी कार्यालय मंगलटारको शौचालयमा मृत अवस्थामा फेला परेका हुन् । उनलाई आइतबार मात्रै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो ।
उनलाई ब्ल्यांकेटको घेरोको कपडा च्यातेर घाँटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताए ।
प्रहरी निरीक्षक ईश्वर कार्कीले चोरीको आरोपमा निवेदन परेपछि उक्त मुद्दामा अनुसन्धान गर्न उनलाई आइतबार पक्राउ गरी हिरासतमा राखिएको र उनको घरबाट चोरीका सामग्रीसमेत बरामद भएको बताए । उनी पटक–पटक मुद्दा मामिलामा परिरहेका व्यक्ति भएको बताउँदै प्रहरी निरीक्षक कार्कीले मृत्युबारे थप अनुसन्धान भइरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया