पदाधिकारीमा यस्तो बन्यो ओली टिम, महेश बस्नेतले सचिवमा ठाउँ पाउँदा रामकुमारी झाँक्री अटाइनन्‌

लोकपथ
7.7k
Shares

काठमाडौं । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा अध्यक्षका दाबेदार केपी शर्मा ओली पक्षले पदाधिकारीको नाम टुंगो लगाएको छ । 

ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको छ । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । यसअघि उपमहासचिव रहेका गुरुङ र ज्ञवालीलाई यो पटक उपाध्यक्षमा अघि सारिएको हो । दुवै जनाले महासचिवमा पनि आकांक्षा देखाएका थिए । तर उनीहरूलाई उपाध्यक्षमा सेट गराउने सहमति भएको हो । 

महासचिवमा शंकर पोखरेलकै नाम टुंगो लागेको छ । गुरुङ र ज्ञवालीले अडान नछाड्दा महासचिवको टुंगो लाग्न ढिलाइ भएको थियो । 

उपमहासचिवतर्फ रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ । रिमाल यसअघि पनि उपमहासचिव नै थिए । 

९ जना सचिवमा ओली पक्षबाट पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईको नाम टुंगो लागेको छ । भट्ट, विश्वकर्मा र अर्याल १०औँ महाधिवेशनबाट पनि सचिव बनेका थिए ।

ओली पक्षबाट सचिवको उम्मेदवार बन्ने चाहना राखेकी रामकुमारी झाँक्रीलाई भने समेटिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?