सुनको मूल्य हालसम्मकै उच्च, तोलामै बढ्यो १ हजार ९ सय रुपैयाँ

लोकपथ
210
Shares

काठमाडौं । आज सोमबार सुनको भाउले नयाँ रेकर्ड राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ९ सय रुपैयाँ बढेर २ लाख ६० हजार ७ सय रुपैयाँ तय भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि असोज ३१ गतेको मूल्य रेकर्ड अघिल्लो दिन आइतबार मात्रै तोडिएको थियो । अघिल्लो दिन २ लाख ५८ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउ २ लाख ५८ हजार रुपैयाँ प्रतितोला पुगेको थियो ।

उता, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ८७० रुपैयाँ पुगेको छ । चाँदीले यसअघि गत शुक्रबार हालसम्मकै उच्च ३ हजार ९०५ रुपैयाँको रेकर्ड बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?