काठमाडौं । एमालेको जारी ११औँ महाधिवेशनमा संस्थापनइतर पक्षबाट महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे बन्ने टुंगो लागेको छ । संस्थापनइतरका अध्यक्षका उम्मेदवार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलबाट पाण्डे महासचिवको उम्मेदवार बन्ने भएका हुन् । पाण्डे एमालेका उपाध्यक्षसमेत हुन् ।
गोकर्ण विष्ट र योगेश भट्टराई पनि महासचिवको आकांक्षी भएकोमा गोकर्णलाई उपाध्यक्ष र योगेशलाई उपमहासचिवको उम्मेदवार बनाउने सहमति गर्दै संस्थापनइतर पक्षले महासचिवको उम्मेदवार टुंगो लगाएको हो ।
यस्तै, संस्थापनइतर पक्षबाट उपाध्यक्षमा गोकर्णसँगै परशुमेघी गुरुङ, बिन्दा पाण्डे र अरुण नेपालले प्रतिस्पर्धा गर्नेछन् । एक जनाको भने टुंगो लाग्न बाँकी छ । उपाध्यक्षमा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।
उपमहासचिवमा दुई उम्मेदवार कसलाई बनाउने छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।
यस्तै, सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर, रचना खड्का, कर्ण थापा, इन्द्रलाल सापकोटालगायतका उठ्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया