एमाले ११औँ महाधिवेशन : आज केन्द्रीय समितिका उम्मेदवारी दर्ता, साँझ अन्तिम नामावली

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत आज केन्द्रीय समितिका उम्मेदवार छनोट प्रक्रिया अघि बढ्ने भएको छ ।

सोअनुसार उम्मेदवारहरूका लागि दरखास्त फाराम वितरण, उम्मेदवारी मनोनयन तथा अन्तिम नामावली प्रकाशनको कार्यतालिका तय गरिएको छ ।

पार्टी निर्वाचन समितिका अनुसार नयाँ नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवार बन्न इच्छुकहरूले आज बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म दरखास्त फाराम दर्ता गर्न सक्नेछन् । यसअघि केन्द्रीय निर्वाचन आयोगले बिहान १०ः१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ ।

दिउँसो २ः३० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिने छ । सोही समयदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ । सबै प्रक्रिया पूरा भएपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुने कार्यतालिका छ ।

निर्वाचन समितिका अनुसार केन्द्रीय समितिको निर्वाचन मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको ११ औँ महाधिवेशनको बन्दसत्र आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?