काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र जारी छ । आइतबार दिउँसो ३ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका छन् ।
बन्दसत्रको सुरु गर्दै अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन थालेका हुन् । त्यसअघि पोखरेलले केही दिनअघि महासचिव शंकर पोखरेललाई बुझाएको फरकमतसहितको छुट्टै अवधारणापत्र समेत पेस गरेका छन् ।
शुक्रबार बसेको सचिवालय बैठकमा पोखरेललाई अवधारणापत्र सार्वजनिक गर्न समय दिइने सहमति भएको थियो । सो बैठकमा पोखरेलले उक्त अवधारणापत्र बन्दसत्रमा प्रस्तुत हुने र दस्तावेजमा समावेश हुनुपर्ने धारणा राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया