काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा केहीबेरअघि एमालेको बन्दसत्र सुरु भएको हो ।
अहिले अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रलाई सम्बोधन गरिरहेका छन् । शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आइतबार (आज) बिहान ९ बजेबाट सुरु हुने भनिएको थियो । तर त्यसअघि केन्द्रीय समितिको अन्तिम बैठक बस्ने भन्दै ३ बजेसम्मका बन्दसत्रको समय सारिएको थियो ।
त्यसो त केन्द्रीय समिति बैठकले विधान उल्ट्याउने निर्णय गरेको छ । १०औँ राष्ट्रिय महाधिवेशनकै अवस्थामा केन्द्रीय कमिटी र पदाधिकारी बनाउने निर्णय भएपछि केही असन्तुष्टिहरु समेत देखिएका छन् । विधान संशोधन गरेर ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ सदस्यीय पदाधिकारी बनाउने केन्द्रीय समिति बैठकले पारित गरेको प्रस्तावलाई समेत बन्दसत्रमा पेस गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया