काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । सानेपास्थित पार्टी मुख्यालयमा भोलि बिहान ९ बजेका लागि बैठक बोलाएको हो ।
बैठकमा पदाधिकारी, सदस्य आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई बोलाइएको मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।
उनको अनुसार बैठकमा महाधिवेशनको तालिका, राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनका लागि जिल्लाबाट गरिएको उम्मेदवार सिफारिस लगायतका विषयमा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया