काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले वर्तमान सरकारको मुख्य काम आगामी प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा विघटनपछि निर्वाचनको आवश्यकता र महत्त्व सबैले अनुभूत गरिसकेको स्पष्ट पारे ।
लोकतन्त्रको सुन्दर र उन्नत पक्ष नै निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन निष्पक्ष, भयरहित र धाँधलीरहित रूपमा सम्पन्न गरिनुपर्नेमा जोड दिए ।
अध्यक्ष दाहालले निर्वाचन सफल बनाउन सरकारको जत्तिकै संघीय संसद्को भूमिका पनि महत्त्वपूर्ण रहने बताए । सरकारलाई सहयोग गर्नु संसद्को साझा दायित्व भएको उनको भनाइ थियो ।
त्यस्तै, उनले पछिल्लो समय जेनजी आन्दोलनको प्रमुख मागका रूपमा उठ्दै आएको भ्रष्टाचार नियन्त्रणमा संसद्ले पनि गम्भीरताका साथ काम गर्नुपर्ने अवस्था आएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया