मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

लोकपथ
140
Shares

काठमाडौं । मनाङ जिल्लालाई केन्द्रबिन्दु बनाएर आइतबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार १२ बजेर ५४ मिनेटमा भूकम्प गएको हो ।

केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु मनाङको थोचे आसपास रहेको थियो भने यसको तीव्रता ४.७ म्याग्निच्युड मापन गरिएको छ ।

पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्प गइरहेका छन् । यसअघि गत २३ गते दार्चुलामा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो भने २२ गते बाजुरामा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?