एमालेको बन्दसत्र फेरि सर्‍यो, ३ बजेदेखि सुरु हुने

लोकपथ
336
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज सञ्चालन हुने भनिएको बन्दसत्र फेरि सारिएको छ ।

शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

यसअघि बिहानै सुरु गर्ने तयारी गरिएको बन्दसत्रको समय सारेर दिउँसो ३ बजेका लागि तोकिएको छ ।

बन्दसत्रअघि बसेको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनका केही निर्णय उल्ट्याएको छ ।

बैठकले केन्द्रीय सदस्यको संख्या बढाउने तथा स्थायी कमिटी रहने व्यवस्था कायम गर्ने गरी विधान संशोधन गर्ने निर्णय गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?