काठमाडौं । नेकपा एमालेको विधान संशोधनसहित पदाधिकारी बढाउनेसम्बन्धी प्रस्ताव पेस भएको छ ।
११औँ महाधिवेशनको बन्दसत्र भन्दा अघि बसेको अन्तिम केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सो प्रस्ताव गरेका हुन् ।
जसअनुसार हाल १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहेकोमा १९ सदस्यीय पदाधिकारी र ३०१ सदसस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको हो ।
अध्यक्ष ओलीले राखेको विधान संशोधनको प्रस्तावमा बहुसंख्यक सदस्यहरुले ताली बजाएर समर्थन गरेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका उनको टीमका नेताहरुले विरोध जनाएका छन् ।
त्यसो त शुक्रबार बसेको अन्तिम सचिवालय बैठकमा उक्त प्रस्ताव गर्ने तयारीमा ओली रहेका थिए । तर पोखरेल लगायतका नेताहरुको विमत्ति रहेपछि ब्याक भएका ओलीले आज सो प्रस्ताव गरेका हुन् ।
प्रस्ताव अनुसार यस्तो बन्नेछ केन्द्रीय कमिटी र पदाधिकारी संख्या :
अध्यक्ष १
वरिष्ठ उपाध्यक्ष १
उपाध्यक्ष ६
महासचिव १
उपमहासचिव ३
सचिव ७
स्थायी कमिटी ४५
पोलिटब्युरो ९९
केन्द्रीय कमिटी ३०१ (पदाधिकारी सहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया