काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजनीतिक आन्दोलनका क्रममा नेपाल प्रहरी सधैँ निशानामा पर्ने गरेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले यस्तो बताएका हुन् ।
उनले आवश्यक पर्दा प्रयोग गरिने र नचाहिँदा बेवास्ता गरिने अवस्थालाई जनाउँदै प्रहरीलाई ‘चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो’ बनाइने गरेको टिप्पणी गरे ।
उनले विगतका विभिन्न राजनीतिक आन्दोलनहरूमा पनि प्रहरी संरचनाहरू नै मुख्य निशाना बनेको उल्लेख गरे । उनका अनुसार यस वर्षको आन्दोलनमा समेत नेपाल प्रहरीका थुप्रै संरचनाहरूमा तोडफोड र आगजनी गरिएको छ ।
आईजीपी कार्कीले शान्ति सुरक्षा कायम गर्नु नेपाल प्रहरीको मुख्य दायित्व भएको उल्लेख गर्दै प्रहरी आफ्नो कर्तव्यप्रति प्रतिबद्ध रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया