काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो । बैठकको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजनीतिक दलको औचित्य रहेको पुष्टि भएको बताए ।
बैठकमा महासचिव शंकर पोखरेलले बन्दसत्रमा प्रस्तुत गरिने निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत एजेन्डा प्रस्तुत गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया