सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो ?

लोकपथ
532
Shares

काठमाडौं ।  साताको पहिलो कारोबारका दिन सुनको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला  २२ सयले वृद्धि भएको हो । 

अघिल्लो दिन २ लाख ५६ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज २२ सय रुपैयाँले बढेर २ लाख ५८ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ ।  अघिल्लो दिन ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज  ८० रुपैयाँले घटेर ३८ सय २५ रुपैयाँमा कारोबार  भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?