सर्लाहीबाट लोसपाका अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिकमा सिफारिस

लोकपथ
147
Shares

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि सर्लाहीका ठूला नेताहरूको नाम समानुपातिक उम्मेदवारको रूपमा केन्द्रमा सिफारिस गरेको छ ।

शनिबार सर्लाही जिल्ला समितिको बैठकले पार्टी अध्यक्ष महन्थ ठाकुरको नाम समानुपातिक उम्मेदवारको लागि सिफारिस गरेको  हो । अध्यक्ष ठाकुर यसअघि सर्लाहीबाट दुई पटक चुनाव हारिसकेका थिए भने २०७९ को निर्वाचनमा महोत्तरी–३ बाट विजयी भएका थिए ।

त्यस्तै, सर्लाही–१ बाट लोसपा नेपालका उपाध्यक्ष रामप्रकाश चौधरी, सर्लाही–४ बाट महासचिव मनिष मिश्र र सर्लाही–३ बाट सचिव रामेश्वर रायको नाम एकल रूपमा सिफारिस गरिएको छ ।

सर्लाही–२ बाट भिनुकलाल राय, रञ्जितकुमार ठाकुर र वीरवंश बैठकको नाम सिफारिस भएको छ ।

समानुपातिक उम्मेदवारमा अध्यक्ष ठाकुरसहित अञ्जुदेवी बैठक, मिनादेवी महतो, सरिता देवी साह, सुनिताकुमारी देवी, कामरेन्द्र वर्मा र रेखाकुमार साहको नाम पनि सिफारिस गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?