मन्त्रालयमा नियुक्तिका लागि अनुरोध नगर्न मन्त्री पुनको आग्रह

लोकपथ
238
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले कसैलाई पनि जागिर वा रिक्त स्थानमा नियुक्तिका लागि आफूलाई अनुरोध नगर्न आग्रह गरेका छन् ।

उनले आफ्नो फेसबुक पोस्टमार्फत भनेका छन्, ‘कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागिर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला। नेपालमा कुशासन र भ्रष्टाचारले जरो गाडेको प्रमुख कारण यही हो ।’

मन्त्री पुनले नेताहरूले व्यक्तिगत र पार्टीको स्वार्थका लागि नियम कानुन मिचेर अयोग्य व्यक्तिहरूलाई उच्च पदमा नियुक्त गरेको दाबी गर्दै, यसले कुशासन र भ्रष्टाचार चरम सीमा पुगेको र ‘जेनजी विष्फोट’ भएको स्पष्ट पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?