नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन

लोकपथ
616
Shares

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व मन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ ।

विराटनगर महानगरपालिका-७ घर भएका उपाध्याय विगत केही समयदेखि क्यान्सर रोगको उपचार गराउँदै थिए । सोही क्रममा उनको गए राति ९२ वर्षको उमेरमा निधन भएको हो ।

उपाध्याय लामो समयदेखि मुखको क्यान्सर रोगबाट पीडित थिए । उनी २०५६ सालमा शिक्षामन्त्री बनेका थिए । पटकपटक कांग्रेसको केन्द्रीय सदस्य भएका उपाध्यायले मोरङबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्दै सांसदको रूपमा सेवा गरेका थिए ।

उनको निधनले नेपाली कांग्रेस र मुलुकको राजनीतिमा गहिरो क्षति पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?