एमाले अध्यक्ष ओलीद्वारा केन्द्रीय कमिटी बैठक आह्वान, बन्दसत्र दिउँसो १२ बजेपछि सुरु हुने

लोकपथ
182
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

भृकुटीमण्डपमा बन्द सत्रका लागि प्रतिनिधिहरू पुगिरहँदा एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान गरेको हो ।

पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट एमालेको बन्दसत्र पनि भृकुटीमण्डपमै सुरु हुँदैछ। यसअघि बिहान ७ः३० बजेका लागि तोकिएको बन्दसत्र समय परिवर्तन गरी मध्याह्न १२ बजेका लागि सारिएको छ । 

समय सारिए पनि नेता तथा कार्यकर्ताहरू बन्दसत्र स्थलमा भेला हुन थालेका छन् ।

महाधिवेशनकै सन्दर्भमा बोलाइएको केन्द्रीय कमिटी बैठकमार्फत अध्यक्ष ओलीले पार्टीका विभिन्न राजनीतिक तथा संगठनात्मक प्रस्ताव अघि सार्ने तयारी गरेका छन् । ती प्रस्तावहरू केन्द्रीय कमिटीबाट पारित भई बन्दसत्रमा पेस गरिने जनाइएको छ ।

बैठक आज बिहान ९ बजे बैठक आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?