एनपीएल : रोहित बने ह्याट्रिक गर्ने दोस्रो बलर

लोकपथ
280
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेलले ह्याट्रिक विकेट लिएका छन् ।

उनले आजको फाइनल खेलमा ह्याट्रिकसहित तीन विकेट लिएका हुन् । योसँगै रोहित  जारी सिजनमा ह्याट्रिक गर्ने दोस्रो बलर बनेका छन् । 

यसअघि काठमाडौं गोर्खाजका शाहव आलमले यो सिजनमा पहिलो ह्याट्रिक गरेका थिए । 

पोखरा एभेञ्जर्सविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिँदै उनले रेकर्ड बनाएका थिए । शाहव एकै खेलमा ६ विकेट लिने पहिलो बलरसमेत बनेका थिए ।

यसअघि चितवन राइनोजका रञ्जित कुमारले एकै खेलमा पाँच विकेट लिएका थिए । 

यस्तै एकै खेलमा चार विकेट लिने खेलाडीहरूमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी, सुदूरपश्चिमकै अविनाश बोहरा, विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने, पोखरा एभेञ्जर्सका विपीन खत्री, चितवन राइनोजका सोहेल तनभिर र  पोखराका धनञ्जय लक्षन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?