काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मृत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् ।
सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट गरेका हुन् ।
मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताए । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र सबैले सधैँ सम्झिरहने उल्लेख गरे। पत्रकारको कार्यस्थलमा मृत्यु हुने अवस्था सिर्जना हुनु दुःखद् भएको र आगामी दिनमा यस्ता घटना हुन नदिनेमा राज्य शर्तक रहेको पनि उनले बताए ।
पत्रकार रजकको २०८१ चैत्र १५ गते राजावादीहरूको गरेको आन्दोलनका क्रममा मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया