काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक गतिरोध अन्त्य गर्न र देशलाई संविधानको सही मार्गमा फर्काउन विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन् ।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने आफ्नो संकल्प व्यक्त गरे ।
ओलीले मुलुक अहिले गम्भीर संवैधानिक संकटमा फसेको दाबी गर्दै भने, ‘अहिले तत्कालका लागि अनधिकृत र असंवैधानिक सिफारिसमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेशबाट नयाँ प्रतिनिधिसभा निर्माण गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्छ ।’
उनी वर्तमान सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको आरोप लगाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि एमाले निर्णायक शक्ति बनेर उभिने उद्घोष गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया