काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा एमालेको ११औँ महाधिवेशन मार्फत सर्वसम्मत, सक्षम र योग्य नेतृत्व चयन हुनेमा विश्वास व्यक्त गरेका छन् ।
महाधिवेशन उद्घाटन समारोहमा बोल्दै खड्काले एमाले महाधिवेशनले पार्टीलाई समयसापेक्ष बनाउने, परिस्कृत र व्यवस्थित बनाउने उद्देश्य राखेको बताए । उनले अहिले मुलुकमा प्रमुख राजनीतिक दल कमजोर हुँदा निरंकुशता र अराजकता फैलिएको स्मरण गराउँदै राजनीतिक दलहरू सुसंगठित, व्यवस्थित र जनप्रिय हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘जब मुलुकमा मुख्य दलहरु कमजोर वा विभाजित हुन्छन्, तब निरङ्कुशता हाबी हुन्छ। बहुदलीय व्यवस्थामा दलहरु सुसंगठित र जनप्रिय हुनु आवश्यक छ। यस महाधिवेशनको माध्यमबाट नेकपा एमालेले विधि, विधान र विवेकपूर्ण ढंगबाट सक्षम र सबल नेतृत्व चयन गरी राष्ट्रिय राजनीति विश्लेषण गर्दै आगामी बाटो तय गर्ने विश्वास हामीले लिएका छौँ ।’
खड्काले भदौ २३ र २४ को जेनजी आन्दोलनले मुलुकमा गम्भीर समस्या निम्त्याएको र ऐतिहासिक सम्पदा तथा विभिन्न दलका कार्यालयहरूमा आगजनी भएको पनि स्मरण गराए । उनले ती अपराधिक गतिविधि गर्नेहरूलाई समयले माफ नगर्ने बताए ।
सम्पूर्ण घटनाक्रमलाई ध्यानमा राख्दै खड्काले महाधिवेशनको पूर्ण सफलता र एमालेको सक्षम नेतृत्व चयनका लागि शुभकामना व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया