२०७८,श्रावण,१०,आईतवार

पैसा बाँडेको भन्दै एमाले उम्मेदवारसँग सोध्यो आयोगले २४ घण्टे स्पस्टिकरण

२०७४,कार्तिक,२२,बुधबार १४:३९


काठमाडौँ, २२ कात्तिक – निर्वाचन आयोगले नेकपा (एमाले) का तर्फबाट डोटी जिल्लाको प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरलाई २४ घण्टाभित्र स्पष्टीकारण पेश गर्न निर्देशन दिएको छ निर्वाचन आचारसंहिता विपरीत मतदातालाई रकम बाँडेको भन्ने सूचनाका आधारमा आयोगले उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ – “प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेका अवस्थामा उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरीत देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भएबापत निर्वाचन आयोग ऐनअनुसार तपाईंको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नूस् ।”

प्रकाशित मिति: २०७४,कार्तिक,२२,बुधबार १४:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार साँझ पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन्। उनलाई प्रधानमन्त्री शेरबहादुर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षीय कार्यकारिणी समितिका सदस्यहरू एक रिसोर्टमा भेला भएका छन्। निर्वाचन आयोगले

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी

ताजा समाचार

धादिङमा २० वर्षीया युवती मृत फेला
 २०७८,श्रावण,१०,आईतवार १५:४२
बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,१०,आईतवार १५:३१