काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११औँ महाधिवेशन उद्घाटन समारोहमा आफ्नो पार्टी अजम्बरी रहेको दाबी गरेका छन् ।
उद्धाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको बताए । उनले जेनजी आन्दोलनप्रति लक्षित गरी एमालेको सान्दर्भिकता सकिएको भन्ने प्रयास गर्नेहरूका धुवाँ, खरानी र निषेधका प्रहारहरू पार्टीले चिर्दै आफ्नो महाधिवेशनमा भव्य जनसागर देखाएको उल्लेख गरे ।
अध्यक्ष ओलीले भने, ‘तपाईँहरूको यो भव्य उपस्थिति देखेर म गौरवान्वित भएको छु। सम्झिरहेको छु–तीन महिना अघिका ती कहालीलाग्दा दिनहरु। जतिबेला देश युद्ध भूमि जस्तै जलिरहेको थियो । आततायीहरुबाट
जलाईरहिएको थियो । जतिबेला संविधान, लोकतन्त्र, र यसका आधार स्तम्भ राजनीतिक दलहरुमाथि भीषण हमला भइरहेको थियो। एउटा भाष्य निर्माण गर्ने कोसिस भइरहेको थियो–पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए, नेकपा एमालेको सान्दर्भिकता समाप्त भयो । तर आज यहाँ यो जनसागर उर्लिएको छ। म ढुक्कले भन्न सक्छु–लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्बरी छ ।’
अध्यक्ष ओलीले संविधान, लोकतन्त्र र त्यसको स्तम्भका रूपमा रहेका राजनीतिक दलहरुमाथि भएको हमला स्वीकार्य नहुने पनि जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया