राष्ट्र निर्माणका लागि एमालेसँग सहकार्य गर्न तयार छौँ : रञ्जिता श्रेष्ठ

लोकपथ
224
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राष्ट्र निर्माणका विषयमा सहकार्यका लागि आफ्नो पार्टी सधैँ तयार रहेको बताएकी छन् ।

नेकपा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै अध्यक्ष श्रेष्ठले देशको स्थिरता, विकास र राष्ट्रिय एकताको सवालमा सबै राजनीतिक दलबीच साझा प्रयास आवश्यक रहेको उल्लेख गरिन् ।

उनले राष्ट्र निर्माणका महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्न नागरिक उन्मुक्ति पार्टीले सधैँ ढोका खुला राखेको स्पष्ट पार्दै राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?