काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा एमाले न्यातपोल दरबारजस्तै गौरवशाली इतिहास बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि उठ्न सक्ने शक्ति भएको बताएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले महाधिवेशनस्थलमा न्यातपोल दरबार र धरहराको प्रतिकात्मक प्रस्तुति राखिनुको अर्थ स्पष्ट पारे । उनका अनुसार ती संरचनाहरूले एमालेको इतिहास, संघर्ष र पुनरुत्थानको सन्देश बोकेका छन् ।
‘न्यातपोल दरबारले चार–चारवटा भूकम्प झेलेको छ, तर आज पनि गौरवको प्रतीक बनेर उभिएको छ,’ उनले भने, ‘धरहरालाई हामीले नवनिर्माण र पुनर्जागरणको प्रतीकका रूपमा प्रस्तुत गरेका छौँ ।’
ज्ञवालीले धरहराजस्तै अनेक धक्का, चुनौती र संकट सामना गर्दै पनि एमाले फेरि उठ्न सक्ने क्षमता राख्ने पार्टी भएको उल्लेख गरे। ‘हामीले सन्देश दिन खोजेका छौँ । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहराजस्तै धक्का चिरेर एमाले उठ्न सक्छ,‘उनले स्पष्ट पारे। उनले महाधिवेशनले पार्टीलाई अझ एकताबद्ध, संगठित र सशक्त बनाउने विश्वास पनि व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया