काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु भएको छ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित उद्घाटन समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा अध्यक्ष ओलीले रिमोट कन्ट्रोलमार्फत झन्डोत्तोलन गर्दै दियो बालेर महाधिवेशनको शुभारम्भ गरेका थिए ।
महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको छ। महाधिवेशनले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व चयन गर्नुका साथै राजनीतिक प्रतिवेदन, विधान संशोधन र भावी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ ।
एमालेको ११ औँ महाधिवेशनलाई पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक यात्राको महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया