थाइल्याण्ड र कम्बोडियाबिचको युद्धविरामबारे ट्रम्पले के भने ?

लोकपथ
98
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया युद्ध अन्त्य गर्न सहमत भएको दाबी गरेका छन् । 

राष्ट्रपति ट्रम्पले थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग लामो समयदेखि चलिरहेको युद्धको दुर्भाग्यपूर्ण पुनर्जागरणबारे सकारात्मक र फलदायी संवाद भएको बताएका छन् । दुवै देश शान्तिका लागि तयार रहेको उनको भनाइ छ ।

जुलाईको अन्त्यमा सशस्त्र झडप भएपछि थाइल्याण्ड–कम्बोडिया सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएको थियो । गत आइतबार दिउँसो पुनः सीमा क्षेत्रमा लडाइँ सुरु भएपछि तनाव थप बढेको थियो ।

थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङसिरीका अनुसार पछिल्लो सीमा झडपमा नौ जना थाई सैनिकको मृत्यु भएको छ भने १२० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वका कारण करिब दुई लाख थाई नागरिक विस्थापित भएका छन् ।

यसैबीच, स्थानीय समयअनुसार शुक्रबार दिउँसोसम्म सीमा लडाइँका कारण कम्बोडियातर्फ विस्थापित हुनेको संख्या तीन लाखभन्दा बढी पुगेको कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?