एमालेको ११औँ राष्ट्रिय महाधिवेशन स्थलमा चहलपहल सुरु [तस्बिरहरु]

लोकपथ
98
Shares

काठमाडौं । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन स्थल भक्तपुरमा चहलपहल बढेको छ । 

महाधिवेशनको उद्घाटन सत्र शनिबार दिउँसो हुँदैछ । बन्द सत्र काठमाडौंमा आयोजना हुने तयारी छ । पार्टीले उद्घाटन सत्रमा करिब ३ लाख सहभागी जुटाउने दाबी गरेको छ । देशभरबाट नेता, कार्यकर्ता र शुभचिन्तकहरू भक्तपुरतर्फ आउने क्रम जारी छ । 

गठ्ठाघर र जगातीबाट ठूला र्‍यालीहरू आयोजना गरी सहभागीहरू स्थलतर्फ जाँदैछन् । स्थलमा मल्ल शैलीको भव्य मञ्च निर्माण गरिएको छ ।

२ सय भन्दा बढी सांस्कृतिक झलकहरू प्रस्तुत हुने कार्यक्रम रहेको एमालेले जनाएको छ । महाधिवेशनमा राष्ट्रिय एकता, सांस्कृतिक गौरव र संगठनात्मक शक्तिको सन्देश प्रवाह गर्ने पार्टीको लक्ष्य छ । 

उद्घाटनमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल लगायत १६ राजनीतिक दलका नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ । 

१० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरी शान्तिपूर्ण र व्यवस्थित बनाउने तयारी छ । महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ जसमा नयाँ नेतृत्व चयन मुख्य एजेन्डा रहनेछ । अहिले सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन भइरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?