मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

लोकपथ
70
Shares

मोरङ ।  हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ ।

 सुन्दरहरैचा नगरपालिका-१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । 

आज बिहान करिब ६ः३० बजे बिराटचोकस्थित बस्तीको बिचमै घिमिरेलाई आक्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?