काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एमाले)को ११औँ महाधिवेशन उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् । सभापति देउवा आफू नजाने भएपछि उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाउने भएका छन् ।
एमालेले उद्घाटन समारोहमा विभिन्न पार्टीका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ ।
आज सुरु हुने एमाले महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित चौरमा आयोजना गरिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया