एमाले महाधिवेशन : सुनिता डंगोल, प्रकाश भुजेलदेखि एलिजा गौतमसम्म प्रतिनिधि मनोनयन [सूचीसहित]

लोकपथ
2.6k
Shares

काठमाडौं । नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधि मनोनयन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले उनीहरूलाई महाधिवेशन प्रतिनिधिका रूपमा मनोनयन गर्ने निर्णय गरेको हो ।

 मनोनित प्रतिनिधिहरू विभिन्न क्षेत्र, पेसा र जिम्मेवारीका आधारमा चयन गरिएको जनाइएको छ । महाधिवेशनलाई समावेशी र प्रभावकारी बनाउन नेतृत्व तहले मनोनयनमार्फत प्रतिनिधित्व सुनिश्चित गरेको जनाइएको छ ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनमा आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना, विधान संशोधन तथा नयाँ नेतृत्व चयनलगायत विषयमा व्यापक छलफल हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?