काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) बाट युनाइटेड नेसन्स मिसन इन साउथ सुडान (यूएन मिसन) मा जाने प्रहरी कर्मचारीहरुको प्रारम्भिक नामावली प्रकाशन भएको छ ।
एफपीयूको रुपमा कार्यरत १२औँ टोलीको बदलीका लागि खटिई जाने सशस्त्र प्रहरी कर्मचारीहरुको ‘सशस्त्र प्रहरी बलमा यूएन एफपीयू मिसन छनौट (दोस्रो संशोधन) निर्देशिका, २०७३’ बमोजिम परिशिष्ट क र परिशिष्ट ख अनुसार प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
परिशिष्ट क अन्तर्गत १५२ र परिशिष्ट ख अन्तर्गत प्राविधिक समूहका २६ जना गरी १७८ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
देशका विभिन्न स्थानमा कार्यरत प्रहरी कर्मचारीहरुको नामावली सार्वजनिक गरिए पनि कुनै कर्मचारीहरुले आफू उपस्थित हुन नसक्ने भएमा वा कुनै गुनासो भएमा मंसिर २९ गतेसम्म यूएन मिसन शाखामा सम्पर्क गर्न भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया