नवनियुक्त ४ मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
539
Shares

काठमाडौं । नवनियुक्त ४ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबिच ४ मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ४ मन्त्रीहरुको नियुक्त गरेका थिए ।

जसअनुसार नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्दसिंह भण्डारीले श्रम, माधव चौलागाईले वन तथा वातावरण र श्रद्धा श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मा दिइएको छ ।

यसअघि उद्योग र कानुन मन्त्रीको जिम्मा पाएका अनिल सिन्हालाई पर्यटन मन्त्रालयको समेत जिम्मेवारी दिइएको छ ।

तर अरु मन्त्रीहरुलाई भने पहिलेकै जिम्मेवारी दिइएको छ । मन्त्रीहरुको जिम्मेवारी भने यथावत रहेको छ । चौथोपटक मन्त्रिमण्डल विस्तार गरेसँगै अब मन्त्रिमण्डको आकार १४ सदस्यीय बनेको छ ।

प्रधानमन्त्री कार्कीले भने प्रधानमन्त्रीसहित परराष्ट्र, रक्षा र खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछिन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्की गत भदौ २७ गते शुक्रबार सरकारको नेतृत्वमा आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?