साहित्यले समाजको पथप्रर्दशकको काम गर्नुपर्छ : अध्यक्ष ओली

लोकपथ
42
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यलाई समाज परिवर्तनको मार्गदर्शकका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा युगदूत नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले साहित्य केवल आत्मसन्तुष्टिको साधन नभई मानव जीवन र समाजलाई दिशा दिने महत्त्वपूर्ण माध्यम भएको बताए ।

उनका अनुसार साहित्य अनुभूति, अनुभव, भावनाको गहिराइ र दूरदृष्टियुक्त चिन्तनको संगम हो, जसले समाजलाई ऐना देखाउने मात्र होइन, पथप्रदर्शनसमेत गर्छ ।

उनले इतिहासका धेरै क्रान्तिहरूमा साहित्यकार, रचनाकार, गीतकार र गजलकारहरूको विचार प्रेरक शक्तिका रूपमा रहेको उल्लेख गरे ।

‘साहित्य गन्तव्यहीन हुनहुँदैन। यो समाज र मानव जीवनका उद्देश्यपूर्ण अनुभूतिहरूको अभिव्यक्ति हुनुपर्छ,‘ओलीले भने ।

अध्यक्ष ओलीले नेपाल साहित्यिक दृष्टिले उर्वर भूमि रहेको दाबी गर्दै नेपाली साहित्यले सामाजिक चेतना र परिवर्तनमा अझ ठुलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?