पाल्पा जीप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

लोकपथ
70
Shares

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

शुक्रबार बिहान लु १ ज ३९०८ नम्बरको फोर्स जीप पाल्पाको निस्दी गाउँपालिका ४ च्यूरीबासमा दुर्घटना भएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको अवस्थामा उक्त जीप दुर्घटनामा परेको थियो । उनका अनुसार चिउरेबासको पहिलो घुम्ती नजिकै सडकबाट झण्डै ५ सय मिटर खसेको छ ।

‘जीप दुर्घटनाबाट ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ,’ गाउँपालिका अध्यक्ष सारुले लोकपथसँग भने ।

अहिले प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरुको उद्दार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?