रौतहटमा ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु

लोकपथ
35
Shares

रौतहट । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज बिहान ट्रक र कार एकापसमा ठोक्किँदा वृद्धको मृत्यु भएको छ ।

बिहान चन्द्रपुर नगरपालिका-४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लच्का नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०३-००१ ख ११४८ नंको ट्रकमा विपरीत दिशातर्फ आउँदै गरेको बा ३ च ६१९३ नंको कारसँग ठोक्किँदा वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका–३ सिगौल बस्ने वर्ष ७९ का भक्तबहादुर खत्री रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुङले जानकारी दिए । कार बाराको निजगढबाट चन्द्रनिगाहपुरतर्फ आउँदै थियो ।

दुर्घटनामा परी कार चालक दिनेश थपलिया र चन्द्रपुर-६ बस्ने डोरमणि सापकोटा घाइते भएको छ उनीहरूको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 

ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका-७ बस्ने ५३ वर्षीय श्यामबहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक लाबुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?