वामगठबन्धनप्रति आक्रामक बन्दै चुनावी प्रचारप्रसारमा होमियो कांग्रेस

काठमाडौं, २२ कात्तिक– नेपाली काँग्रेसले मंसिर १० र २१ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा मतदान गर्न आम मतदातालाई आह्वान गरेको छ नेपाली काँग्रेस चुनाव प्रचार प्रसार समन्वय समितिले बुधबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी निर्वाचनमा भाग लिन आम मतदातालाई आह्वान गरेको हो समितिका संयोजक काँग्रेस नेता बालकृष्ण खाँडले नेपाली काँग्रेस मात्रै मुलुकको राष्ट्रवादी शक्ति भएको दावी गरे कांग्रेसका अनुसार पार्टीले शनिवारदेखि देशव्यापी चुनावी अभियान शुरु गर्ने भएको छ । अभियानमा वाम गठबन्धनविरुद्ध आक्रामक बन्ने कांग्रेसको तयारी छ र नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङबाट चुनावी प्रचार प्रसार शुरु गरिने खाँडको भनाई छ चुनावी प्रचार प्रसारका लागि सातै प्रदेशमा मिडिया सेन्टर स्थापना पनि कांग्रेसले गर्न लागेको छ । देशभर नेपाली कांग्रेसमा संगठित छ लाख कार्यकर्ता चुनावी अभियानमा खट्ने खाँणले बताए उनले कम्युनिस्टले मोर्चाबन्दी गरेपनि जित कांग्रेसकै हुने समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?