विभिन्न मुद्दामा फरार रहेका २२ प्रतिवादी पक्राउ

लोकपथ
84
Shares

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले फैसला कार्यान्वयन अभियान अन्तर्गत विभिन्न मुद्दामा फरार रहेका २२ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

अदालतबाट कैद र जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी तथा मातहतका प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरू बहुविवाह, चेक बाउन्स, जालसाजी, सामाजिक अपराध, कुटपिट र लेनदेनसम्बन्धी मुद्दामा संलग्न थिए।

डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार पक्राउ पर्नेहरूमा शिवकुमार राई, कल्लाम, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी, सुशील यादव, सुनीता बैठा, दशरथ दास ततमा, शिवदास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा लगायत रहेका छन् ।

त्यसैगरी गंगाराम राय यादव, शिवकली देवी, रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी, गंगामाया श्रेष्ठ र ओम नारायण महतो पनि पक्राउ परेका छन् ।

पक्राउ परेकाहरूबाट कुल २९ हजार ६०७ रुपैयाँ जरिवाना असुल गरिएको छ भने ११ महिना २५ दिन कैद सजाय भुक्तानीका लागि बिहीबार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?