रुप्सेको बाली प्याकेज : ९९ हजारमै भ्रमण, किस्ताबन्दीमा समेत तिर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौंको हात्तीसारमा कार्यालय रहेको रुप्से होलिडेजले ९९ हजारमा नै बालीको भ्रमण गराउने भएको छ । रुप्सेले दुई तर्फी हवाई टिकट, थ्री स्टार होटेलमा कोठासहितको बास र अन्य खर्च गरी जम्मा ९९ हजार रुपैयाँमा नै बालीको भ्रमण गराउने भएको हो ।

रुप्सेले सार्वजनिक गरेको प्याकेजमा दुईतर्फी हवाई भाडा, त्यहाँको थ्री स्टार होटेलमा ४ रातको ब्रेकफास्टसहितको बास, स्थानीय यातायात, सिटी टुर र अन्य स्थानीय भ्रमणको टिकट शुल्क तथा भिसा शुल्क सबै समावेश गरिएको जनाएको छ ।
इन्डोनेसिया टुरका क्रममा पर्यटकलाई हान्दरा गेट, उबुद प्यालेस, तनाह लोट, उल्लुवाटु र वाटर स्पोट्र्सको मनोरञ्जन दिने रुप्सेले जनाएको छ ।

यस्तो छ, रुप्सेले ९९ हजारमै ल्याएको बाली टुरको आइटीनरी

पहिलो दिन : नुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

भ्रमणको पहिलो दिन काठमाडौंबाट इन्डोनेसियाको नुरा राई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिनेछ । एयरपोर्टमा इमिग्रेसनको काम सकिएपछि त्यहाँका स्थानीय गाइडले सबै पर्यटकलाई लिएर होटेलमा जानेछन् । पहिलो दिन होटेलमा पुगेर त्यहीँ आराम गर्ने, घुमघाम वा सपिङका लागि निस्कने वा नजिकैको क्याफे तथा समुद्र किनारको रेस्टुरेन्टमा खानपिनको मजा लिन सकिनेछ ।

दोस्रो दिन : उबुद प्यालेस, हान्दरा गेट र उलुन दानु मन्दिरको भ्रमण
भ्रमणको दोस्रो दिन बिहान होटेलमा ब्रेकफास्ट गरिसकेपछि बालीको चर्चित स्थान उबुद प्यालेस र रंगीन उबुद बजारको भ्रमणबाट गरिनेछ । उबुद बालीको धार्मिक तथा सांस्कृतिक केन्द्र पनि हो । जहाँ कला, संस्कृति तथा मन्दिरहरूको अवलोकन गर्न सकिनेछ ।

बिहान उबुदको भ्रमणपछि पर्यटकहरूलाई ‘पाथवे टु सेरेनिटी‘ भनेर चिनिने, हान्दरा गेटमा लगिनेछ । हान्दरा गेट पर्यटकको आकर्षणको केन्द्र पनि हो । यसको विशाल ढोका, सुसज्जित मूर्तिकला र प्राकृतिक परिवेशले यहाँ आउने पर्यटकलाई फोटो खिच्न तथा सांस्कृतिक अनुभव लिन आकर्षित गर्ने गर्दछ ।

हान्दरा गेटको भ्रमणपछि सोही दिन बाली द्वीपमा रहेको प्रसिद्ध उलुन दानु बेरातन हिन्दू मन्दिरको पनि भ्रमण गराइनेछ । बेरातन तालको किनारमा, बेदुगुल क्षेत्रमा यो मन्दिर अवस्थित रहेको छ, जहाँको प्राकृतिक सौन्दर्य र धार्मिक वातावरणले यसलाई बालीको सांस्कृतिक पहिचानको प्रतीक बनाएको छ ।

१७औँ शताब्दीमा निर्माण गरिएको यो मन्दिर देवी दानु, पानी र उर्वरताको देवी, लाई समर्पित रहेको मानिन्छ । बालीका किसानहरूका लागि यो स्थल आध्यात्मिक रूपमा अत्यन्त महत्वपूर्ण छ, किनभने उनीहरूले यहाँ वार्षिक रूपमा पानीका देवताप्रति आभार प्रकट गर्ने पूजा गर्छन् । सधैँ हरियालीले ढाकिएको बेदुगुल क्षेत्र र बेरातन तालको शान्त परिवेशले यो मन्दिरलाई फोटोग्राफी, ध्यान, र धार्मिक पर्यटनका लागि लोकप्रिय बनाएको छ ।

तेस्रो दिन : वाटर स्पोट्र्स र उल्लुवाटु भ्रमण
भ्रमणको तेस्रो दिन होटेलमा ब्रेकफास्ट गरिसकेपछि बिहानको सुरुवात थ्री इन वान वाटर स्पोट्र्स प्याकेजबाट हुनेछ । समुद्री किनारमा पुगेर पारासेलिङ, जेट स्की र बनाना बोटको मज्जा लिन सकिनेछ । यसमा मनोरञ्जनको साथै समुद्री किनारको सुन्दरता नजिकबाट अवलोकन गर्ने सकिनेछ ।

वाटर स्पोट्र्सको मज्जा लिइसकेपछि बालीकै अर्को चर्चित मन्दिर उल्लुवाटु मन्दिर लगिनेछ । बालीबाट दक्षिण पश्चिममा रहको उल्लुवाटु मन्दिर पनि समुद्रको किनारबाट ८२५ फिट उचाइमा रहेको मन्दिर हो । यो मन्दिर हिन्दुहरूका लागि अति नै महत्त्वपूर्ण मन्दिर हो, जहाँ सीताको हरण गरेर लंका लगेको र हनुमानले लंका जलाएको केचक डान्स पनि देखाइन्छ । करिब १० मिनेटको सिँढीको यात्रा गरेर उक्त मन्दिरमा पुग्न सकिन्छ ।

दिनको अन्त्यमा पर्यटकहरूले जिम्बरान बे को समुद्री किनारमै बसेर स्वादिष्ट बीबीक्यू सी–फुड डिनरको मजा लिन सक्नेछन् । समुद्री छालको आवाजसँगै समुद्री वातावरणमा गरिएको रमणीय डिनर पर्यटकलाई अविस्मरणीय बन्ने छ । डिनर पछि साँझ होटेलमा फर्किनेछ ।

चौथो दिन : फ्री डे
बाली भ्रमणको चौथो दिन फ्री डे को रूपमा रहेको छ । पर्यटकलाई पूर्ण रूपमा स्वतन्त्र समय दिइएको छ, जसअनुसार उनीहरूले आफ्ना रुचिअनुसार दिनभर विभिन्न गतिविधि गर्न पाउनेछन् । होटेलमा नास्ता सकेपछि यात्रुहरूले बालीका सुन्दर समुद्री किनारामा आराम गर्न, स्थानीय बजारमा घुम्दै सपिङका लागि निस्कन सक्ने छन् । किनमेल गर्न वा परम्परागत बालिनीज मसाजसहितको स्पा सेवामा रमाउन समेत सक्नेछन् ।

साहसिक गतिविधि मन पराउने पर्यटकहरूले उक्त दिन रोमाञ्चक एटीभी राइड पनि गर्न सक्नेछन् । साथै हरियालीले भरिएको बालीका धानका सिँढी जस्ता खेतहरूमा पदयात्रा गर्ने सकिनेछ । त्यस्तै सेमिन्याक र उबुदजस्ता आधुनिक तथा सांस्कृतिक क्षेत्र घुम्न चाहनेका लागि पनि यो दिन उपयुक्त मानिन्छ ।

पाँचौँ दिन : नेपाल फिर्ता
चार दिन इन्डोनेसियाको बालीमा घुमघाम गरेपछि भ्रमणको पाँचौँ दिन बिहान होटेलमा ब्रेकफास्ट गरी काठमाडौं फर्कन एयरपोर्ट पुगिनेछ । अविस्मरणीय सम्झनाहरूका साथ इन्डोनेसियाको बाली भ्रमण समाप्त हुनेछ ।

भिसा प्रक्रिया
इन्डोनेसियामा पहिले नेपालीहरूलाई फ्री भिसा र अन अराइभल भिसा भएकोमा अहिले त्यो सुविधा छैन । इन्डोनेसियाको भिसा लिनका लागि पहिले नै अनलाइन मार्फत फारम भरी भिसा शुल्कसमेत बुझाउनुपर्नेछ ।

भिसाका लागि ३५-४५ को एउटा हालसालै खिचिएको फोटो हुनुपर्छ जसमा सेतो ब्याक ग्राउन्ड भएको, चस्मा, टिका वा टोपी नलगाएको हुनुपर्नेछ ।

सै गरी भिसा लिनका लागि कम्तीमा ६ महिनाको अवधि भएको एमआरपी पासपोर्ट आवश्यक हुन्छ भने कम्तीमा ६ महिनाको बैंक स्टेटमेन्ट र कम्तीमा ३ लाख रुपैयाँको अन्तिम बैंक ब्यालेन्स रहेको हुनुपर्छ ।

किस्ताबन्दीमा समेत जान सकिने
इन्डोनेसियाको बाली भ्रमणमा जान चाहने तर तत्कालै सबै रकम नहुने सेवाग्राहीले किस्ताबन्दीमा समेत बाली घुम्न सक्ने रुप्सेले जनाएको छ । त्यसका लागि आफूले काम गर्ने वा नियमित आम्दानी गर्ने कम्पनीबाट पत्र बनाई सोही पत्रका आधारमा मासिकरुपमा किस्ता तिर्ने गरी घुम्ने सुविधा उपलब्ध हुने रुप्सेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?