काठमाडौं । नेपाली कांग्रेस बझाङले आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारको नाम सिफारिस गरेको छ ।
बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले राष्ट्रिय सभातर्फ ३ जनाको नाम सिफारिस गरेको छ । जसमा अर्जुनजंग बहादुर सिंह, नन्दकृष्ण जोशी र सिभि मल्ल (चन्द्र विक्रम मल्ल) को नाम सिफारिसमा परेको छ ।
त्यस्तै प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस भएको जिल्ला सभापति खडकबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार नाम सिफारिस हुनेहरुमा डा. सुरेश मल्ल, नरेश बहादुर सिंह, सत्यराज भण्डारी, जगतप्रसाद जोशी, प्रकाश स्नेही रसाईली, अभिषेक बहादुर सिंह, दिपेन्द्रराज जोशी, डा. खगेन्द्रराज जोशी, केशवराज जोशी र नारायणप्रसाद हमाल रहेका छन् ।
त्यस्तै समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ । जसमा मुकेश धामी, चन्द्रादेवी जोशी, शान्तिकुमारी बोहरा (पुजारा), शान्ति कुमारी महत, मन्जित ताम्राकार, रमेश विसि, सुन्दर बहादुर स्नेही, प्रेम बहादुर धामी र सम्शेर कुमार बम रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया