नुवाकोट–२ मा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ जनाको नाम सिफारिस, समानुपातिकमा अर्जुननरसिंह केसी

लोकपथ
1.2k
Shares

नुवाकोट । नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं १ बाट नेपाली कांग्रेसले उम्मेदवारहरुको सिफारिस गरेको छ ।

बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ ७ जना, समानुपातिकतर्फ ४ र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेको क्षेत्रीय सभापति जगतबहादुर तामाङले लोकपथलाई जानकारी दिए ।

तामाङका अनुसार सिफारिस हुनेहरुमा बागमती प्रदेश सभा सदस्य समेत रहेका बहादुर सिंह लामा, नेताहरु जगदिश्वरनरसिंह केसी, धु्रव अधिकारी, चोकराज शाक्य, बिन्दा अर्याल, श्रीप्रसाद सापकोटा र नमराज पाण्डे रहेका छन् ।

त्यस्तै समानुपातिकतर्फ निवर्तमान सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसी, जगतबहादुर तामाङ, गीता अमात्य र रुकमिणी सेडाइँ रहेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि ३ जनाको नाम सिफारिस भएको क्षेत्रीय सभापति तामाङले बताए । उनका अनुसार श्रीराम श्रेष्ठ, राजु थापा र राज्यलक्ष्मी पाण्डे रहेका छन् ।

दुई वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको नुवाकोटको क्षेत्र नं १ को क्षेत्रीय समितिले पनि उम्मेदवारको सिफारिस गरेको छ । क्षेत्र नं १ मा प्रत्यक्षतर्फ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतलाई एकल सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?