नुवाकोट । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ मा नेपाली कांग्रेसका तर्फबाट प्रवक्ता डा. प्रकाशशरण महतको नाम एकल सिफारिस भएको छ ।
बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले पूर्वमन्त्री समेत रहेका डा. महतलाई प्रत्यक्षतर्फ उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिकतर्फ कृष्ण बहादुर लामा, महेन्द्र थिङ, कबिराज गुरुङ र प्रकाश गौतम सिफारिस भएका छन् ।
यता समानुपातिक महिलातर्फ भवानी देवकोटा, अन्जु आचार्य तथा समानुपातिक दलित महिलातर्फ कल्पना नेपालीको नाम सिफारिस भएको छ । त्यसो त माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि खुला तर्फ रामकृस्ण थापा र अपाङ्गतर्फ भाग्य श्री लामाको नाम सिफारिस भएको हो ।
प्रत्यक्षतर्फ सिफारिस भएका डा. महत २०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ बाट प्रत्यक्षतर्फ चुनावमा प्रतिष्पर्धा गरेका थिए । एमाले नेता ईश्वर पोखरेलसँग पराजित भएका महत गत निर्वाचनमा भने समानुपातिकबाट सांसद बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया