लाभाँश वितरण गर्ने प्रस्ताव पारित गर्दै शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न

लोकपथ
49
Shares

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साढे १२ प्रतिशत लाभाँश वितरण गर्ने प्रस्ताव गरेको छ ।

शिवम् सिमेन्ट्सले आर्थिक वर्ष २०८१–०८२ को १२औँ वार्षिक साधारणसभाले साढे १२ प्रतिशत लाभांश पारित गर्ने प्रस्तावसहितको निर्णय गरेको हो ।

मंसिर २५ गते सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सामान्य तथा विशेष प्रस्ताव पारित गर्दै १०औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बार्षिक साधारण सभामा कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेका वार्षिक प्रगति प्रतिवेदन, आव २०८१–०८२ को लेखापरीक्षकको प्रतिवेदन एवं आव २०८२–०८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र कम्पनीले आर्जन गरेको खुद नाफा रकमबाट चुक्ता पुँजी ६ अर्ब ४५ करोड ६८ लाख ८ हजार ५ सयको १० प्रतिशत बराबर हुने ५४ करोड ५६ लाख ८० हजार ८ सय ५ रुपैयाँ (करकट्टीसहित) नगद २ दशमलव ५० प्रतिशतका दरले आउने १३ करोड ६४ लाख २० हजार २ सय १२ रुपैयाँ बराबर १०० रुपैयाँका दरले १३ लाख ६४ हजार २ सय २ थान बोनस शेयर वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब ५९ करोड ३२ लाख पुग्नेछ । साधारणसभामा अध्यक्ष गोयलले सभामा व्यक्त भएका राय, सुझाव र सल्लाहलाई कम्पनीले ग्रहण गर्दै लैजाने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?